उदयपुर संसार

तपाईं हाम्रो संसार

BLOG

मालिक्नीसहित ४ ठाउँबाटै गिरफतार

Posted by udayapursansar on April 7, 2010 at 9:43 AM

२५ चैत, उदयपुर । अवैध यौन धन्दामा तत्लिन रहेकै अवस्थामै उदयपुरको त्रियुगा नगरपालिका-२ पिपलचोकस्थित सजिना होटलकी संन्चालिकासहित ४ जनालाई प्रहरीले बुधवार रंगेहात पक्राउ गरेको छ ।

होटल संचालिका सजिना चाम्लिङ्गले स्थानीय युवतीहरुलाई होटलमा ल्याई दिन दहाडै मेन चोकमा रहेको आफनो होटलमा अवैध यौन धन्दा गर्ने गरेकोले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय उदयपुरबाट गएको टोलीले बिहान १० बजेतिर होटलमा छापामारे पक्राउ गरेको प्रहरी नायव उपरिक्षक मनोज यादवले जानकारी गराए ।

रंगेहात पक्राउ पर्नेमा रामपुरठोक्सिला गाविस-३ का ३८ वषिर्य डम्बरबहादुर खड्का, होटल संचालिका सजिना चाम्लिङ्ग, त्रियुगा नगरपालिका-१० देउरीकी युवती र त्रियुगा नगरपालिका-१७ रातमाटेका एक १४ वषिर्य बालिका रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताए ।

बिहान होटलमा प्रहरीले छापामार्दा खड्का र एक युवतीलाई रंगेहात पक्राउ परेकोले दुवै जनालाई मेडिकलका लागी जिल्ला स्वास्थ्य कार्यालय गाईघाटमा लगिएको छ ।

पक्राउ परेका सबैले अवैध यौन धन्दा भएको स्विकार गरेका छन, भने यौन सम्पर्कमा प्रयोग भएकीहरुले भने होटल संचालक चाम्लिङ्गले जबरजस्ती यौन सम्पर्क राख्न बाध्य पारिएको उनीहरुले बताईन ।

उनीहरुका अनुसार होटल संचालकले १ हजार ५ सय रुपैया लिएर यौन सम्र्पक गराउने गरेको जसमा १ हजार रुपैया होटल संचालकले लिने गरेको बाकी ५ सय रुपैया आफुहरुलाई दिने गरेको बताईन । गाईघाट बजारमा दैनिक रुपमा खुल्लम खुला देह व्यापार हुदा सम्म सम्बन्धित निकाय मौन रहेकोले महिला संजालको सुचनाका आधारमा पक्राउ गरिएको माया भण्डारीले बताईन ।

यसरी हुने देह व्यापारमा सेना, सवारी साधानका मजदुर, स्थानीय युवाहरु, तराईबासी र सुरक्षाकर्मी ग्राहक भएको पक्राउ परेकाहरुले बयानमा बताएका छन ।

देह व्यापार गर्नेलाई कारबाही गर्न कानून नभएकाले उनीहरुलाई अनुसंन्धानपछि मुद्धा चलाउने प्रनाउ यादवले बताए । गाईघाट बजारमा क्षेत्रमा रहेका एक दर्जन बढी होटलहरुमा अवैध यौन धन्दा हुने गरेको महिला अधिकारकर्मिहरुको दाबी रहेको छ ।

बसपार्क क्षेत्रका केही होटलहरुमा प्रहरीले एक महिना अघि छापामार्दा पनि अवैध यौन व्यावसायीहरु पक्राउ परेका थिए । त्यस्तै केही दिन अघि गाईघाट बजारको मेनचोकस्थित होटल भेटघाटबाट पनि एक जोडीलाई रंगेहात पक्राउ गरेको थियो ।

केही महिना यता गाईघाट बजारको ढिम्की मन्दिर, सिसौघारी, भगवती मन्दिर, राधाकृष्ण मन्दिर परिषर, नमूना स्कुल, लगायतका क्षेत्रमा दिन दहाडै यौन क्रियाकलाप हुने गरेको प्रहरीले जनाएका छन ।

यसरी दिउँसै सार्वजनिक स्थानमा यौन धन्दा गर्न थालेपछि समाजमा बिकृती फैलिन थालेकोले यसलाई प्रशासनले कडाई गरिनु पर्नेमा स्थानीयबासी नेत्रकुमार सुनुवारले बताए ।onlinekhabar

Categories: News

Post a Comment

Oops!

Oops, you forgot something.

Oops!

The words you entered did not match the given text. Please try again.

Already a member? Sign In

1 Comment

Reply TARA DAHAL KHATRI
12:18 PM on April 8, 2011 
What's the hell they are doing