उदयपुर संसार

तपाईं हाम्रो संसार

उदयपुरको बारेमा जानकारी
उदयपुर जिल्ला प्रचिनकालमा उदयसेन नामक राजाले शासन गरेको क्षेत्र भनेर उनैको नामबाट उदयपुर रहन गएको भन्ने जनश्रुति रहेको छ । संसारको सर्वोच्च शिखर सगरमाथा रहेको सगरमाथा अञ्चलको मध्य भागमा आबस्थित यो उदयपुर जिल्लाको आफ्नै बिशेषताहरु र पहिचान रहेको छ । देशको सबै भन्दा ठुलो सिमेन्ट उद्योग "उदयपुर सिमेन्ट उद्योग" यस जिल्लामा रहेकोले यस जिल्लालाइ परिचय गराउन थप मद्दत पुगेको छ ।

यो जिल्ला नेपालको मान चित्र मा २६ डिग्रि २६' ३९" देखि २७ डिग्रि १' १०" उत्तरी अक्षांस, ८६ डिग्रि ०' ९" देखि ८७ डिग्रि १' ०" पुर्बी देशान्तरमा रहेको छ । यस जिल्लाको क्षेत्रफल २०६३ वर्ग किलोमिटर रहेको छ । यस जिल्लाको पुर्बमा सुनसरी र धनकुटा, पश्चिममा धनुषा र सिन्धुली, उत्तरमा भोजपुर, खोटाङ र ओखलढुङ्गा र दक्षिणमा सिराहा र सप्तरी पर्दछन । उष्ण शितोष्ण र समशितोष्ण हावापानी पाईने यो जिल्लाको सरदर अधिक्तम तापक्रम ३८ डिग्री सेलिसियस र न्युनतम १६ डिग्री सेलिसियस छ भने बर्षा सरदर २१५२ मिलिलिटर रहेको देखिन्छ ।

यस जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिका स्थित गाइघाटमा रहेकोछ । यस जिल्लालाइ ३ वटा संसदिय क्षेत्र, ११ वटा ईलाका संख्या, १ नगरपालिका र ४४ वटा गविसहरुमा बिभाजन गरिएको छ । उत्तरमा माहाभारतको श्रृँखला वरीपरी चुरे पहाड श्रृँखलाहरुले घेरिएको हुँदा यस जिल्लालाई भित्री मधेशको रुपमा लिईन्छ। यो जिल्लाको कुल भुभाग मध्य भित्री मधेस करीब ५२% मध्य पहाडी क्षेत्र ४२% र तराइ तथा भाबर क्षेत्र ६% भु-भाग रहेको पाईन्छ।

प्राकृतिक श्रोत र सम्पदाः-
कुनै पनि गाँउ, जिल्ला वा राष्टको उन्न्ती गर्न प्राकृतिक श्रोत र सम्पादाको महत्वपूर्ण भूमिका रहेको हुन्छ । उदयपुरको प्राकृतिक श्रोतको कुरा गर्दा जमिन्, खनिज पदार्थ, बन जङ्गल तथा जलश्रोतनै प्रमुख हुन आउछन । महाभारत पर्बत श्रृँखला देखि लिएर पहाड चुरे पर्बत्, ताल नदिनालाहरु, एवंम जिल्लाका ऐतिहासिक महत्वका स्थानहरु पर्यटन ब्यबसायकोलागि, पहाडी चुरे क्षेत्र पशुपालन र कृषि व्याबसाय र भित्री मधेशको उब्जाउ भुमी कृषि उत्पादनका लागि बिकास गर्न सकिने खालको रहेको छ । यस जिल्लामा बिभिन्न खानिज पदार्थको उपलब्धताको प्रचुर सम्भावना रहेको छ । तर त्यसको सर्बेक्षण, उत्खनन् गर्न भने बाँकी नै छ । जिल्लामा प्रसस्त मात्रामा रहेको चुनढुङ्गा खानिले देशकै ठुलो सिमेन्ट उद्योग संन्चालन भैसकेको छ ।

यस जिल्लाको उत्तरमा महाभारत पर्बत श्रृंखलामा पर्ने सबै भन्दा अग्लो चुचुरो चित्रेथाम हो । जसको उचाई करीब ७७७० फिट रहेको छ । जलश्रोतको दृष्टिकोणले यो जिल्ला धनी नै छ । यस जिल्लाको कुल भुमी मध्ये नदिनाला तथा खहरेले ढाकेको क्षेत्र २३.१३% रहेको छ । यस जिल्लामा बग्ने मुख्य नदिनालाहरुमा सप्तकोशी, रसुवा, त्रियुगा, बरुवा, ककरु, तावा, कमला आदी प्रमुख रुपले लिन सकिन्छ ।
ताल पोखरीमा रौता गबिसको करीब ५९०० फिटको उचाईमा रहेको रौताको पोखरी प्रमुख रुपमा लिन सकिन्छ । जसको पानी कहिले पनि सुक्दैन । धर्मिक रुप ले ठुलो श्रद्धा र बिश्वास रहेको यो पोखरिमा मनोकामना पुरा गर्न भक्तजनहरुको भिड लाग्ने, उदयपुर जिल्लाको आन्तरिक पर्यटनलाई बढावा दिने ठुलो सम्भावनाको रुपमा रहेको छ ।
 

त्यसै गरी अन्य तल पोखरीमा इनामे गाबिसको ताप्लिपोखरी, झिल्केपोखरी, आँपटार गाबिसको सुकेपोखरी, थानापोखरी जोगिदहको पोखरी प्रमुख रुपमा लिन सकिन्छ ।
बनजङ्गल एवंम जडिबुटिको क्षेत्रमा यो जिल्ला अत्यन्त धनी छ । यस जिल्लाको अधिकांस क्षेत्र अर्थात करिब ५३.७३% भु-भाग बनजङ्गलले ढाकिएको छ । जसमा साल, सिसौ, सिमल, बर,पिपल, खयर, हर्रो, बर्रो, गुरास, तेजपात, रिठ्ठा, पिपला, अमला, बेल, लालगेडी, बोझो, गुर्जो, घोडताप्रे आदी यस जिल्लाको बन जङ्गलमा पर्याप्त मात्रामा पाउन सकिन्छ । त्यसै गरी यहाँको बनजङ्गलमा अनेक प्रकारका बन्यजन्तुहरु र पंछीहरु पाईन्छ।

प्रमुख जनजाती र जनसख्याः-
यस जिल्लामा क्षत्री, राई, मगर, थारु, ब्राम्हण, तामाङ्ग, कामी, नेवार, दनुवार, दमाई, सार्की, माझि, मुसहर, सुनुवार, थकुरी, सन्यासि आदी जनजातीहरुको बसोबास छ । त्यसै गरी यस जिल्लामा हिन्दू, बौद्ध किरात, ईस्लाम, क्रिस्चियन, जैन र अन्य धर्मका अनुयायि रहेका छन ।
यस जिल्लाको कुल जनसंख्या २,८८,१५२ रहेको छ जसमा पुरुष १,४३,७७० र महिला १,४४,३८२ पर्दछन । यस जिल्लामा कुल ५३,०८९ घरधुरी रहेको छ भने जनघनत्व भने ११० जना प्रती बर्ग किलोमिटर रहेको छ । यस जिल्लाको जनसंख्या बृध्दिदर भने २०.४% रहेको तथ्यांकले देखाउछ ।
 

स्वास्थ्यः-
यस जिल्लामा स्वास्थ्यको क्षेत्रमा राम्रो ब्यवस्था देखिदैन। रहेका स्वास्थ्य केन्द्रहरुमा चिकित्सक, स्वास्थ्य कार्यकर्ता, स्वास्थ्य उपकरणहरुको अभाब रहेको देखिन्छ ।

उदयपुर जिल्ला तालिकामाः-

(१) भौगोलिक अबस्थिती
 
पूर्वपहाडी सिमाना जोडिएका जिल्लाहरु: भोजपुर, खोटाङ, ओखलढुङ्गा, धनकुटा, सुनसरी, सप्तरी, सिरहा, सिन्धुली
(२) क्षेत्रफल२,०६३ बर्ग कि.मि.
(३) प्रशासनिक बिभाजन
  • गा.बि.स. संख्या : ४४
  • नगरपालिका संख्या : १
  • इलाका संख्या : ११
  • संसदीय निर्वाचन क्षेत्र संख्या :- ३
     

(४) जनसंख्या सम्बन्धी बिबरण

(२०५८ को जनगणना अनुसार)

  • जम्मा जनसंख्या : २,८७,६८९
  • महिला : १,४३,९३३
  • पुरुष : १,४३,७५६
  • ५ बर्षुनीको जनसंख्या : ३६,२१२
  • ७५ बर्ष सो भन्दा माथिको जनसंख्या : ३,५१२
  • घरपरिवार संख्या : ५१,६०३
  • औसत परिवार सदस्य संख्या : ५.५८
  • जनघनत्व (प्रति वर्ग कि.मि.) : १३९ जना
  • बार्षिक जनसंख्या बृद्धिदर : २.६३ प्रतिशत
  • शहरी जनसंख्या (प्रतिशत) : १९.२२
  • पुरुष महिला अनुपात : ९९.८८
     
(५) नेपालको जनसंख्यासंगको तुलना
  • नेपालको जनसंख्यामा जिल्लाको अंश (प्रतिशत) : १.२४
  • आश्रति जनसंख्या (प्रतिशतमा) जम्मा : ९१.८७
  • बालबालिका (उमेर ० -१४ बर्ष) : ८०.४९
  • बृद्धबृद्धा (उमेर ६० बर्षभन्दा माथि) : ११.३८

(६) शिक्षा

(२०५८ को जनगणना अनुसार)

  • साक्षरता (६ बर्ष वा सो भन्दा माथिको मात्र) (प्रतिशतमा) जम्मा : ५३.६
  • महिला : ४२.५
  • पुरुष : ६४.८

शैक्षिक वर्ष २०५९/६०

  • बिद्यालय संख्या : ३११
  • बिद्यार्थी संख्या : ६५,९४७
  • शिक्षक शिक्षिका संख्या : १,३५०

(७) स्वास्थ्य

(२०५८ को जनगणना अनुसार)

  • स्वास्थ्य संस्थाहरुको जम्मा संख्या : ४७
  • जनसंख्या प्रति स्वास्थ्य संस्था : ६,१२१
  • परिवार नियोजनका साधन प्रयोगगर्ने : २७.६८ प्रतिशत
  • बालबालिका महिला अनुपात : ५३२
  • पहिलो विवाह गर्दाको औसत उमेर महिला : १९.७३ बर्ष
  • पहिलो विवाह गर्दाको औसत उमेर पुरुष : २२.८७ बर्ष
  • १० -१४ बर्ष विवाहित जनसंख्या : ०.६४ प्रतिशत

(८) सुबिधा उपयोग गर्ने परिवारको प्रतिशत

(२०५८ को जनगणना अनुसार)

  • शौचालय प्रयोग गर्ने : २४.४
  • सुधारिएको स्रोतको खानेपानी प्राप्त : ६९.७
  • बत्तिको लागि विद्युत प्रयोग गर्ने : ३२.२
  • टेलिभिजन भएका : १२.३
  • रेडियो भएका : ३८.५
  • खाना बनाउन ठोस इन्धन प्रयोग गर्ने : ९२.७

(९) धर्म मान्नेहरुको जनसंख्या प्रतिशतमा

(२०५८ को जनगणना अनुसार)

  • हिन्दू : ७५.४३
  • बौद्ध : १२.२३
  • किराँत : १०.५०
  • क्रिस्चियन : ०.८०
  • मुस्लिम : ०.६०
  • अन्य : ०.४४

(१०) जातजाति

(२०५८ को जनगणना अनुसार)

प्रमुख पाँच जातजातिको जनसंख्या प्रतिशतमा

  • क्षेत्री : २१.०६
  • राई : १६.३८
  • मगर : १३.८१
  • थारु : ७.७६
  • तामाङ : ६.७७

(११) मातृभाषा

(२०५८ को जनगणना अनुसार)

प्रमुख पाँच भाषा बोल्नेको जनसंख्या प्रतिशतमा

  • नेपाली : ५३.०३
  • मगर : ११.९१
  • वान्तावा : ९.६७
  • थारु : ७.३१
  • तामाङ : ५.७१

(१२) आर्थिक क्रियाकलाप

(२०५८ को जनगणना अनुसार)

(उमेर १० बर्षवा सो भन्दा माथिको मात्र )
आर्थिक दृष्टिले सक्रिय जनसंख्या (प्रतिशतमा)

  • जम्मा : ५९.८८
  • महिला : ५१.३९
  • पुरुष : ६८.४७
(१३) प्रमुख पेशा (२०५८ को जनगणना अनुसार)

(प्रतिशतमा)

  • कृषि : ६९.२१
  • गैह्र कृषि : ३०.७९

(१४) कृषि सम्बन्धी बिबरण

(२०५८/५९)

  • कुल कृषियोग्य जमिन : ३०,०६५.४ हेक्टर
  • कुल कृषियोग्य जमिन मध्ये सिँचित क्षेत्र : ४९.५०

(१५) प्रमुख बाली लागेको क्षेत्रफल र उत्पादन

(२०५८)

बाली
क्षेत्रफल (हेक्टर)
उत्पादन (मे.टन)
धान
१२,३८३
३०,९७०
मकै
१४,५००
२३,४९०
गहुं
४,७५०
६,८४०
कोदो
१,५७०
१,८२७
जौं
३४
२६
आलु
६७०
५,७६२

(१६) पशुपंक्षी संख्या

(२०५८/५९)

  • गाईभैसीको संख्या : १,४८,५५२
  • भेडाबाख्राको संख्या : १,१०,७६६
  • हांसकुखुराको संख्या : २,९५,७६९

(१७) सडक सुबिधा

(२०५९)

  • जम्मा सडकको लम्बाई (कि.मि.) : १९९

(१८) हुलाक

(२०६०)

  • हुलाक कार्यालय संख्या : ४७

(१९) उद्योग

(२०५९)

  • ठूला उद्योगको जम्मा संख्या : २४
  • ठूला उद्योगमा रोजगारी संख्या : ८९३
(२०) अन्य
  • पर्वाञ्चलका पहाडी जिल्लाहरु मध्ये सबभन्दा बढी वाषिर्क जनसंख्या बृद्धि दर भएको ।